हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ।

गए राति ९ बजेतिर २० मिटर माथिबाट आएको पहिरोले रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो।

पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो

धनविरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ।

कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको छ भने २ जनाको निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ।