पहिरोमा परेर कालीकोटमा एक जनाको मृत्यु

 

सुर्खेत – कालीकोटको महावै गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडानम्बर ७ राम्नीकी १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको हो ।

स्थानिय बिष्णुलाल अधिकारीको घरमा पहिरोले क्षति पु¥याउँदा अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको हो ।

आज बिहान साढे पाँच बजे घर माथिबाट आएको पहिरोले घर भत्किँदा अधिकारीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

विष्णुलालकी ११ बर्षिय छोरीको भने सकुशल उद्धार गरिएको कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरका अन्य चार जना सदस्य भने सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *