जुम्लाका हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो समय कोराना संक्रमितको संख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । जुम्लामा एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन् ।

पालिकामा रहेको पायक पर्ने स्थानमा आइसोलेसन निर्माणको काम थालिएको बताईएको छ । जुम्लाको हिमा गाउँपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएर संक्रमित बसिसको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । त्यहाँ नेपाली सेनाको रेखेदेख रहने उनको भनाई छ ।
उनका अनुसार, ‘हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ । ’ जुम्लामा लक्षण बिनाका संक्रमित देखिएकोले पनि तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा संक्रमित राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

हाल जुम्लाको हिमा गाउँपालिकामा ६१ जना कोराना संक्रमित छन् । जसमध्ये ९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् । बाँकी गाउँपालिका स्तरीय आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । लक्षण देखिएका तर स्वास्थ्य अवस्था असामान्य भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुुसार जुम्लाका सबै लक्षण बिनाका कोराना संक्रमित भएकोले अवस्था सामान्य छ । कोराना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ कार्य धमाधम चलिरहेको छ ।

गाउँपालिका स्थित बजारभएका क्षेत्रमा पिसिआर परिक्षणका लागि स्वाब संकलन कार्य भइरहेको छ । पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाउँदै लगिएको छ ।
अहिले स्वास्थ्यकर्मी सबै स्वाब संकलन गर्न गाउँमा खटिएका छन् ।

पालिकास्तरका स्वास्थ्यकर्मी नाम संकलन गरिरहेका छन् । स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब संकलनमा ब्यस्त छन् । पालिकास्तरमा बस्ने आइसोलेसनमा कतै नेपाली सेना, कतै प्रहरी र कतै सशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिनेछन्।
सबै पालिका र शंकास्पद ठाँउमा स्वाब संकलन भएर परिक्षण भइसकेपछि लकडाउन खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
यसअघि जुम्लाका स्थानीयतहमा झण्डै ८ सय क्वारेन्टिन निर्माण भएका थिए । अहिले क्वारेन्टिनमा खालिछन्।
सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकुल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए । कोराना संक्रमित देखिएसंगै जुम्लामा निषेधाज्ञा निकै कडा पारिएको छ ।

स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनु पर्ने भएपनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो । यो संगै जुम्लामा ५ सय २८ बेडको आइसोलेसन बन्नेछ ।