कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु

काठमाडौं—नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो ।

जसमा सुनसरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना ६ वर्षीय बालिका र एक जना ६७ वर्षीय पुरुष रहेका छन् । यस्तै, पर्सामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष रहेका छन् । यस्तै, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक—एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

जसमा बारामा एकजना ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।