बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु

सुर्खेत –  सल्यानको बनगार कुपिन्डे नगरपालिका-१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरिएकाे छ ।

हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निम बहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

निम बहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *