नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका दुई महिनाभित्र झिलिमिली शहरको रुपमा परिचित हुने भएको छ । पूर्वशहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले हाइमास्ट लाइटको शिलान्यास उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकालाई २ महिना भित्र झिलिमिली हुने उद्घोष गरे ।
शहरी विकास तथा भवन डिभिजन विभागको संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिमा पूर्वसहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई थिए । मन्त्री हुँदा नै नेपालगन्जलाई रातमा झिलीमिली पार्ने हाइमास्ट जडान गर्ने आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो । उनले भने, ‘अघिल्लो वर्षको बजेटमै ठेक्का भए पनि कोरोनाका कारण काम गर्न गाह्र्रो भएका कारण ठेक्काको म्याद ६ महिना थपेर अहिले काम धमाधम भैरहेको जानकारी गराए । मन्त्री हुदा राईले नेपालगन्जमा ३९ वटा र कोहलपुर नगरपालिकामा १३ वटा हाइमास्ट जडान गर्ने कार्यक्रम स्विकृत गरिएको जानकारी गराए । मन्त्रीलाईले नेपालगन्ज उपमहानगरपालिका भित्र उपयुक्त स्थानमा जडान हुन नसकेको हुनाले दुख लागेको समेत जानकारी गराए । मापदण्ड भित्र जडान हुन पर्ने लाइट नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो तरिकाले जडान प्रक्रिया सुरु गरेको उनले जानकारी गराए ।
संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विजयकेशर खनालले हरेक वडामा कम्तीमा एक एक वटा पर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाका ३९ स्थानमा हाइमास्ट जडान भइरहेको बताए । । २०७६ सालमा नेपालगन्जका हरेक वडामा जडान गरिने गरि सम्झौता भएको निमित्त प्रमुख खनालले जानकारी गराए । हाइमास्ट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको उनले जानकारी गराए ।
२ महिनाको अवधीमा अव नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका झिलिमिली शहर देखिने उनले जानकारी गराए । स्थानहरु उपमहानगरपालिकाले छनोट गरेर दिएको हो । चोक र बस्ती भएको स्थानलाई लक्षित गरेर जडान हुँदैछन् । नेपालगन्जमा ३९ र कोहलपुरमा १३ वडामा जडान हुने लाईट नेपालगन्जको धम्बोझी, विपी चोक, गणेशमान चोक, भन्सार, पुष्पलाल चोक, बाटिका होटल अगाडी, सेतु विक चोक, त्रिबेणि मोड, त्रिभुवन चोक लगायतका चोकमा राख्ने जनाएको छ ।