दसैंमा कसरी खानेकुरा खाने

सुर्खेत – दसैं रमझम, भेटघाट र टीकाटालाकोमात्रै होइन, स्वादिष्ट खानाको पनिपर्व हो । दसैंका बेलाहुँदाखाने र हुनेखानेले मीठोमसिनो खानेकुरा खान्छन् । तर खानालाई व्यवस्थितनगर्दा यसले स्वास्थ्यमा ठूलो असर पार्न सक्छ । यसकालागि सन्तुलित खानपानले मान्छेको शरीरलाई सहीपोषण दिन सक्छ । खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूकालागि बढी जोखिमपूर्ण हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. एसके जैसवालका अनुसार दसैंतिहार जस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यानदिन जरुरी छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, ह्दयघात जस्ता रोग, मुटु कमजोर भएकाहरू, उच्च कोलेस्ट्रोल, जन्मजात मुटुरोग, पेटको दीर्घकालीन रोगीहरू, ग्याष्टिक, पेटको अल्सर, दीर्घकालीन मृगौला रोग भएका लगायतले खानाखाँदाझनै बढी ध्यान दिनुपर्छ ।
उनी भन्छन्, ‘चाडपर्वमा चिल्लो पिरो माछा मासु लगायत अन्यखाने कुरा खाँदै नखानुस्भनेको होइन तर स्वास्थ्यलाई नै हानीगर्ने गरी खानु हुँदैन । ’उनी भन्छन्, ‘दसैंमा मासुसँगै मदिरा पिउने चलनपनि छ तर धेरै मदिरा सेवनगर्नु स्वास्थ्यको लागि राम्रोहोइन ।’

‘रोगीमात्र नभई स्वस्थ व्यक्तिलाई समेत एक दिनमै ज्याँदामदिरा सेवनले हृदयघात निम्त्याउन सक्छ,’ डा. जैसवाल भन्छन्,‘मुटुको चाल अनियमित भएकाहरू,उच्च रक्तचाप नियन्त्रण नभएका र उच्च कोलस्ट्रोल भएकाहरूले मदिरा सेवनगर्नु हुँदैन ।’त्यस्तै मसालेदार खानेकुरा चिया, कफी बाँसी, सडेगलेका खानेकुरा, चिल्लो पिरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा,जाँडरक्सी र सूर्तिजन्यपदार्थ नखान समेत डा. जैसेवालको सुझाव छ ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्यालगर्दै आफूले खाने खानेकुरामा कम नुनको प्रयोग गरेर खान उनले बताए । यसका साथै बोसो भएकामासुहरू सकेसम्म नखान उनको आग्रह छ । खानामा सलादहरू खाँदा राम्रो हुने उनको भनाइ छ ।