काँग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं – पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।

नेपाल एपीएफ अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काको स्वास्थ्य अवस्थामा सुधार भैरहेको जानकारी दिएको हो । कोभिड १९ संक्रमण भएपछि महामन्त्री खड्का असोज १२ गते एपीएफ अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *