नेपाल भरीबाट ५ औं स्थानमा सफल्ता हाँसिल पार्न सफल वडुवाल

सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक संचालनमा आएको जुनियर साईन्स ओलम्पिक कार्यक्रममा सुर्खेत वाट प्रतिनिधित्व गर्दै झरना वडुवालले पाँचौ स्थान हाँसिल गर्न सफल भएकिछन्।

No description available.

विरेन्द्रनगर नगरपालिका ३ तातापानी मा रहेकाे साउथ एसियन स्कालर्स एकेडेमीमा अध्ययनरत उनि देशभरवाट सहभागी १ हजार प्रशिक्षार्थी लाई उछिन्दै पाँचौं स्थान हाँसिल पार्न सफल भएकि हुन् ।

विज्ञानका विद्यार्थीहरु सहभागी कार्यक्रममा विभिन्न चरण पारगर्दै पाँचौं स्थानमा सफल्ता हाँसिल गरेकोमा आफुले गर्वको अनुभुति गरेको उनकाे भनाई छ । पाँचौ स्थानको सफल्ता हाँसिल गरेसंगै झरनाको अन्तराष्ट्रिय जुनियर साईन्स ओलाम्पिक २०२१ मा सहभागि हुने अवसर प्राप्त भएको छ । कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत वडुवाल अन्तराष्ट्रिय लेवलमा छनौटको तयारीमा रहेको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *