सरकारले लिपुलेक कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने

सरकारले भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङक विभागले तयारी गरेको छ ।

सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङक शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिनुभयो ।

लामिछानेले भन्नुभयो व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, यस अघिको तथ्याङकमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ । कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कूटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने लामिछानेले बताउनुभयो ।
विभागले छनौट भएका गणकहरुलाई कोभिड विरुद्धको खोप लगाइने र कात्तिक २५ मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने विभागको कार्यक्रम रहेको जनाएको छ ।