वीरेन्द्रनगरमा सरसफाई अभियान संचालन

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ र सुन्दर गराउने उद्देश्यले टोलटोलमा सरसफाई अभियान संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सयूक्त राष्ट्र विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेत (यूएनडिपी) र अन्तरनिर्भर समाज सुर्खेतको सझोदारीमा हरित पुर्नउत्थान परियोजना अन्र्तगत टोल टोलमा सरसफाई अभियान संचालन गरिएको हो ।

शुक्रबार वडा कार्यालयको नेतृत्वमा वडा नं ८ को रिङ्घ रोड र संगम टोलमा सरसफाई अभियान संचालन गरिएको छ । घरघरमा गएर सरसफाई सम्बन्धि सचेतना जगाउनुका साथै सडकमा सरसफाई गरिएको थियो । अन्र्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक बिवेक शाहीले वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर नगर बनाउन सहयोग पु¥याउने उद्देश्यले टोल टोलमा अभियान संचालन गरिएको बताए ।

उनका अनुसार सरसफाई अभियानका लागि स्वयसंसेवक १० जना र सरसफाई अभियानकर्ता ३० जनाको व्यवस्था गरिएको छ । संस्थाका सरसफाई अभियान्ता, टोलबासीहरु, जनप्रतिनिधिहरु मिलेर सरसफाई अभियान निरन्तर चलिरहेको उनको भनाई छ । ‘यो अभियान सधै हामीले गर्ने भन्ने होइन । आफ्नो ठाउँको, टोलको सरसफाईका लागि प्रत्येक घरघरबाट निस्कनुपर्छ हाम्रो उद्देश्य हो । सरसफाई घरको मात्र नभएर आफ्नो वरपर ठाउँको पनि गर्नुपर्छ भन्ने महसुस होस् भन्ने हाम्रो अपेक्षा हो’ उनले भने, ‘हामीले सरसफाई अभियान अन्र्तगत घरको फोहोर छुट्टाउने र कुहिने फोहोरको घरमै कम्पोष्ट मल बनाउन प्रेरिरत गराएर फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने हाम्रो उद्देश्य हो ।’ उनले नगरपालिकाका अन्य वडामा पनि समन्वय गरेर टोल टोलमा अभियान निरन्तर संचालन गरिने जानकारी दिए ।
सरसफाई अभियानमा वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का वडा सदस्य थिर बहादुर शाहीले वडा बासीलाई आफ्नो घर वरपर सफा राख्न अनुरोध गरे। उनले कुहिने र नकुहिने फोहोर छुट्टाएर फोहोर लिन आउने गाडीमा हाल्न आग्रह गरे । यदि नगरपालिकाबाट फोहोर उठाउने गाडी समयमै नआए आफुलाई खबर गर्न पनि भनाइ छ ।