थप ११५७ जनामा कोभिड पुष्टि, ८को मृत्यु

काठमाडौं – देशभर थप १ हजार १ सय ५७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षण गरी थप १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १३ जना संक्रमित निको भएका छन्। भने, ८ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।