मधुमेह रोगीलाई ४० कटेपछि यी चार कारणले हृदयघातको खतरा

एजेन्सी – मधुमेहका बिरामीमा सधैं मुटुरोगको खतरा बढी रहन्छ । वास्तवमा मधुमेह र मुटुरोग दुबैको सुरुवात गलत जीवनशैलीका कारण हुने गर्छ । साथै, दुबैले एक अर्कालाई प्रभावित गर्छन् । जस्तै मधुमेह बिरामीमा ब्लड सुगर असन्तुलित हुँदा रक्तचापमा गहिरो असर पर्छन् । वास्तवमा, मधुमेहले शरीरका साना रक्तनलीलाई हानी पुर्याउँछ जसका कारण रक्तनलीका भित्ता कडा हुने गर्छन् ।

यसो हुँदा रक्त सञ्चारमा दबाब पर्छ र रक्तचाप उच्च हुने गर्छ । यस्तोमा रक्तचाप र टाइट टु मधुमेहको संयोजनले तपाईंलाई हृदयघात वा स्ट्रोकको खतरा बढ्ने गर्छ । त्यसो भए मधुमेहमा हृदयघातलाई कसरी रोक्न सकिन्छ, यसबारे ‘ओन्ली माई हेल्थ’ ले भारतीय डाक्टर नित्यानन्द त्रिपाठी ९ फोर्टिस अस्पतालका निर्देशक तथा विभाग प्रमुख० सँग कुराकानी गरेको छ ।

डाक्टर नित्यानन्द त्रिपाठीले मधुमेहमा हृदयघातको कुरा गर्र्दै ३० देखि ४० को उमेरमा मधुमेहका बिरामीमा अचानक हृदयघातको खतरा किन बढ्छ भन्ने बारे थाहा पाउनुपर्ने बताएका छन् । उनले यसको पछाडि थुप्रै कारण भएको बताएका छन् । यी कारण थाहा नभएको खण्डमा मधुमेहका बिरामीले हृदयघातलाई नियन्त्रण गर्न नसक्ने पनि उनले बताएका छन् ।

मधुमेहमा हृदयघातका कारणः
१। बढेको ब्लड सुगरः
यदि कसैलाई ३० वा ३० को उमेरमा मधुमेह हुन्छ भने विभिन्न जिम्मेवारीसहित स्वास्थ्यको ख्याल राख्न थोरै मुश्लिक हुन्छ । यस्तोमा ब्लड सुगर असन्तुलित हुनु मुटु रोगलाई निम्तो दिनु हो । डा। नित्यानन्द त्रिपाठीलाई विश्वास गर्ने हो भने उच्च ब्लड सुगर, उच्च रक्तचापको कारण्ण बन्ने गर्छ र उच्च रक्तचापले हृदयघातको खतरालाई दोब्बर वा चौबर बनाउने गर्छ । यस्तो रक्त कोसिका क्रमशः बिग्रँदै जान्छन् र मुटुले राम्रोसँग काम गर्न सक्दैन । यस्तो अवस्थामा हृदयघात हुनसक्छ ।

२। कोरोनरी आर्टरी डिजीजः
कोरोनरी आर्टरी डिजीज र एथेरोस्क्लेरोसिस मधुमेहमा हृदयघात हुनुको अर्को एउटा ठूलो कारण छ । वास्तवमा, मधुमेहका कारण आर्टरी ब्लड भेसल्स ९धमनी० कडा हुन्छन् र मुटुसम्म अक्सिजन र रगत सही तरिकाले सञ्चारित हुन पाउँदैन । यसकारण हृदयघातको खतरा बढ्ने गर्छ । साथै रक्तनलीमा कोलेस्ट्रोल जम्मा हुँदा पनि मधुमेह रोगीलाई यो उमेरमा हृदयघातको खतरा रहन्छ ।

३। कोलेस्ट्रोल बढेका कारणः
३०–४० उमेर यस्तो हुन्छ जसमा हामी निर्धक्कसँग खानपिन गर्छौं । यो उमेरमा हामीलाई मधुमेह नै किन नहोस् हामी खानपिनसँग सम्बन्धित हाम्रो बानीमा खासै परिवर्तन ल्याउन सक्दैनौं । यस्तोमा अत्यधिक चिल्लो र मसालेदार खानाले तपाईंको शरीरमा कोलेस्ट्रोल बढाउने काम गर्छ । जब यो कोलेस्ट्रोल प्लक टुट्छ तब शरीरले त्यसको मर्मत गर्नका लागि प्लेटलेट्स पठाउँछ । यी प्लेटलेट्स पछि गएर थ्रोम्बर बन्नका लागि जम्मा हुन्छन् जसका कारण मुटुलाई अक्सिजन र पौष्टिक तत्व पुर्याउने रक्त कोसिकामा बाधा पुग्छ र हृदयघातको खतरा निम्तिन्छ ।

४। धुम्रपान र तनावः
३० र ४० को उमेरमा धेरैजसो मानिसहरु आफ्नो करियर र नीजि जीवनका लागि तनावमा हुन्छन् । तनावमा हँदा ब्लड सुगर र रक्तचाप दुबै बढ्छ । साथै खराब जीवनशैली, खराब खानपिन र व्यायाम नगर्दा मधुमेह असन्तुलित हुन्छ र मुटुरोगको खतरा पनि बढ्ने गर्छ । साथै, जसको धुम्रपान र मद्यपानको बानी छ, उनीहरुमा पनि मुटुरोग तीब्र रुपमा फैलिन्छ र अचानक हृदयघात हुने खतरा बढ्ने गर्छ ।

डा। नित्यानन्द त्रिपाठीका अनुसार मधुमेहबाट ग्रसित मानिसहरुलाई हृदयरोगको उच्च खतरा हुनुका साथै उनीहरुलाई कार्डियक अरेस्ट हुने खतरा पनि अत्यधिक हुन्छ । यसका साथै हार्ट फेलियरको खतरा पनि रहन्छ । हार्ट फेलियर यस्तो गम्भीर स्थिति हो जसमा मुटुले पर्याप्त रुपमा रगत पम्प गर्न असमर्थ हुन्छ । त्यसैले बिरामीलाई सास फेर्न गाह्रो हुने र शरीरका अन्य भाग सुन्निनेलगायतका समस्या देखिन्छ ।

मधुमेह भएकाहरुलाई हृदयघातबाट जोगाउने उपायः
डा। त्रिपाठीलाई विश्वास गर्ने हो भने हृदयघातबाट बच्नका लागि सुरुमा मधुमेहलाई नियन्त्रण गर्नुपर्छ र हृदयघातका लक्षणबारे थाहा पाउनुपर्छ । हृदयघातको लक्षण देखिएमा यसलाई बेवास्ता गर्नु हुँदैन । जस्तै सास फेर्न समस्या, बेहोस हुनु, काँध, बंगारा र बाँया हातमा दुखाई र छाती दुख्छ ९विशेषगरी कुनै गतिविधिका बेला० भने तपाईंले मधुमेह नियन्त्रण गर्नका लागि केही टिप्स अपनाउनुपर्छ ।

जस्तैः
– हृदयरोगको गम्भीरताको आधारमा डाक्टरले भने अनुसार रगत पातलो बनाउने र कोलेस्ट्रोल कम गर्ने औषधी सधैं खाइरहनुहोस् ।

– एन्जियोग्राफी गराइरहनुहोस् र डाक्टरबाट एन्जियोप्लास्टि वा बाइपास सर्जरीको सुझाव पाउनुभएको छ भने कुनै पनि हालतमा गर्नुहोस् ।

– आफ्नो ब्लड सुगरलाई जतिसक्दो सामान्यमा राख्नुहोस् ।

– आफ्नो रक्तचाप नियन्त्रण गर्नुहोस् र यसलाई १२०र८० एमएमएचजी आसपास नै राख्ने प्रयास गर्नुहोस् । आवश्यक परेको खण्डमा यो लक्ष्य प्राप्त गर्नका लागि नियमित औषधी लिनुहोस् ।

– आफ्नो कोलेस्ट्रोल स्तरको परीक्षण गर्नुहोस् र आहार, व्यायाम र नियमित औषधीको मद्दतले यसलाई नियन्त्रणमा राख्नुहोस् ।

– तौल सन्तुलित राख्नुहोस् ।

– नियमित रुपमा व्यायाम गर्नुहोस् ।

– मुटुलाई स्वस्थ राख्नका लागि मुटुलाई स्वस्थ राख्ने फलफूल खानुहोस् ।