गायक तथा सञ्चारकर्मी सुवेदीको ‘ओ माया बोलन’ गीत सार्वजनिक

काठमाडौं –  गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदीको ओ माया बोलन गीत सार्वजनिक भएको छ ।

ओ माया बोलन गीत गायक कृष्ण समीप सुवेदी युटुव च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो ।

गायक सुवेदीलाई गायिका अनु चौधरीले साथ दिनुभएको छ । गीतमा शब्द र सङ्गीत गायन सुवेदीकै रहेको छ । गीत लोक पप विद्याको रहेको छ ।

गीतमा अभिनय उषा उप्रेती, सुनिल गुरुङ र सुलभ श्रेष्ठले गरेका छ । भिडियोको निर्देशन सृजन बरालले गरेका हुन् ।

गायक सुवेदीको लोक, लोकपप, आधुनिक र दोहोरी गरि तीन सयभन्दा बढी गीत बजारमा सार्वजनिक भइसकेका छन् ।