एजेन्सी – रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ ।
मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ ।
हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको युनाइटेड रुस पार्टीले ४४ प्रतिशत मत हासिल गरिसकेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
रुसी बिपक्षी नेता एलेक्सी नाभाल्निका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि निर्वाचन आयोगका प्रमुखले भने चुनाव धाँधलीपुर्ण भएको भन्ने आरोपको खण्डन गर्दै यो बिपक्षी दलहरुको सुनियोचित प्रचार भएको प्रतिक्रिया दिएका छन् ।
रुसलाई बदनाम गर्न षडयन्त्रपुर्वक लगाइएको आरोप भएको उनको भनाई छ । मतदानमा रुसी जनताले ४ सय ५० सांसदका लागि मतदान गरेका थिए ।