संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक छः मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड­ १९) को संक्रमण फैलिन नदिन नागरिक नै सचे हुनु पर्ने बताएका छन् । नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्नुपर्ने उनको बताए ।

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संक्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार र सचेत बन्नुपर्ने बताएका हुन् । हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्दै इमान्दार बन्न सके संक्रमण फैलिन नसक्ने उनले बताए ।

दोस्रो चरणको संक्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको उनको भनाई छ । ‘भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ, उनले भने । यसका साथै मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिर्पोट अनिवार्य मागिएको छ । मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नहुने समेत जिकिर गरे ।
हाल कर्णालीका तीन जिल्ला जुम्ला, मुगु, र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारि गरिएकोे छ । शाहीका अनुसार, निषेधाज्ञाको अवज्ञा गरि मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानून अनुसार कारबाही हुने उनको भनाई छ ।

उनका अनुसार, ‘कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन र भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न । साथै भिडभाड नगर्ने, सेनिटाइजर अथवा साबुनपानीले बेला – बेला हात धुने लगायतका स्वास्थ्य सावधानी अवलम्वन गर्न आम नागरिकलाई उनले अनुरोध समेत गरे ।