सुर्खेत – दैलेखको गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको मा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ ।
झण्डै ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षकको गएराती घाँटी रेटेर हत्या गरिएको हो।
विसीलाई लखेटेर स्कुलमा पुगेपछि घाँटी रेटेर हत्या गरेको देखिएको स्थानीय भुपेन्द्र ओलीले बताएका छन । विसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने ओलीको अनुमान छ । ‘प्रहरी पनि अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ,, ‘किराना पसलका सञ्चालक र एक अन्य युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोटेपोखरामा प्रहरीले खान तलासी गरिसकेको छ ।’
आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । घटनाबारे अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली छोटेपोखरमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढासकेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले भन्नुुभएकोे छ।