खर्च हिजो जसरी चल्या’थ्याे त्यसरी नै चल्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताएका हुन् । ुहिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ,ु प्रधानमन्त्री देउवाले भने ।

प्रतिस्थापन विधेयक अल्झियो, अर्थमन्त्री भन्छन्– ु५(७ दिन सरकारी खर्च रोकिन सक्छु
यस्तै, बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५(७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च ५(७ दिन रोकिँदा फरक नपर्ने उनले बताए ।

ुसहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ,ु शर्माले भने, ुकर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५(७ दिन रोकिन पनि सक्छ ।ु उनले रोकिँदा पनि त्यसले असर नपर्ने बताए । अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ ।

#कान्तिपुर