१६ वर्षीया किशोरी गाउँपालीकाकाे अध्यक्ष बनिन

काठमाडौं – १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको छ ।
गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा अध्यक्ष बनाइएको जानकारी दिए।
उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।

अध्यक्ष माझीले भनेु स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो।

माझीका अनुसार ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन्। गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो।

त्यस बैठकले पहिले नै केही एजेण्डा तयार गरेको थियो। त्यसअनुसार गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको अध्यक्ष माझीले बताए।