एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित

 

काठमाडौँ  – प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ ।
एमालेको अवरोधकै बीच मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएको थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ ।