न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न,४३ सदस्यिय कमिटी निर्माण

 न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो एतिहासिक अधिवेशन आइतबार सम्पन्न भएको छ ।उक्त अधिवेशन लुम्बिनी रेस्टुरेन्ट किम्हेमा सम्पन्न भएको हो ।
अधिबेसन संस्थाका संयोजक संजीव कुमार राईको सभापतित्व रहेको थियो ।

त्यसैगरी प्रमुख अतिथि नेपाली राजदुतावास कोरियाका कार्यवाहक राजदुत राम सिंह थापा रहेका थिए भने बिशेष अथिती एनआरएनए दक्षिण कोरियाको सचिब श्री सत्याल, पूर्व अध्यक्ष यज्ञराज सुबेदी लगाएत कोरियामा भएका बिभिन्न सघ(संस्था, राजनैतिक संगठन,जातीय संघसंस्था, क्षेत्रीय संस्थाहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका सचिव जीवन शर्माले संचालन गरेका थिए ।यो संस्थाले सामुहिक लगानीको अवधारणालाई समेत आत्मसाथ गर्दै अगाडी बढ्ने लक्ष लिएको सह सचिव राम पौडेलको भनाइ छ।

उक्त संस्थाले नेपालमा नेत्रहिन संघको केन्द्रीय कार्यालयमार्फत विभिन्न सामग्री नेपालमा हस्तान्तरण गर्नुका साथै धुर्मुस(सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग, अग्नी पीडित बालबालिकालाई आर्थिक सहयोग ,लगायत विभिन्न सामाजिक कार्यहरु गरेको उप संयोजक उत्तम लामिछानेले बताए । त्यस्तै संस्थाले युवाहरुको एकता नयाँ सोचको अवधारणा समृद्धिको चाहना भन्ने मूल नाराको साथ गतिविधि गर्दै आइरहेको बताइएको छ ।

अधिवेशनले दीपेन्द्र अधिकारीको संयोजकत्वमा ४३ सदस्यिय कमिटी निर्माण गरेको छ। जसमा उप(संयोजकस्उत्तम लामिछाने,उप संयोजक तागेन्द्र राई,सचिब जीवन शर्मा,सह सचिब राम पौडेल, कोषाध्यक्ष रमेश श्रेष्ठ,सह कोषाध्यक्ष ओम भण्डारी निर्वाचित भएका छन् ।