काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव रूक्म शमशेर राणाको निधन भएको छ।
उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा शुक्रबार राति पौने १० बजे निधन भएको हो। उनको शनिबार बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनी परिषद्को सदस्य सचिवको दुई कार्यकाल भएका थिए। यस्तै‚ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र भारतका लागि नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरेका थिए।
thahakhabar