कर्णालीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि

सुर्खेत – आज विश्व आत्महत्या दिवश । हरेक वर्ष सेप्टेम्वर दशलाई अन्तराष्ट्रिय आत्महत्या दिवशको रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘कार्य मार्फत आशाको सिर्जना’ भन्ने नाराका साथ कर्णाली प्रदेश लगाएत देशभरनै यो दिवश मनाईएको छ ।

हरेक वर्ष आत्महत्या रोकथामका लागि ,बिभिन्न चेतनामूलक कार्यक्रक संचालन गर्दै आईएको भएपनि कर्णालीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुदैगएको छ । बदलिदो जिवन शैलि, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्था, पारिवारिक झैझगडा, आत्महत्या दुरुत्साहन लगाएतका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकमा उल्लेख छ । कर्णालीमा गत आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ६२ जनाले आत्महत्या गरेकोे तथ्यांक रहेको छ । जसमध्ये ४७ जना बालबालिका छन् ।
त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ७४ जना, ०७४/७५ मा ९१ जना, ०७५/७६ मा ९३ जना र ०७६/७७ मा एक सय १३ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका डिएसपी गणेश बमका अनुसार,कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा देशभरका सात हजार एक सय १७ जनाले आत्महत्या गरेका थिए । त्यसमध्ये कर्णालीका ३ सय ६२ जनाले आत्महत्या गरेका हुन्् । कोरोना भएका व्यक्तिहरूलाई विभेदपूर्ण व्यवहार, आफन्त गुमाएका, दीर्घ रोगी, युद्ध वा हिंसा, आघातजन्य घटना, लाञ्छाना परेका, एक्लो जीवन बाँचिरहेका व्यक्तिहरूले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पतालका मानसिक रोग शेषज्ञ डा. रोशनी खत्रीले बताइन ।

आत्महत्या रोकथाम गर्न सकिने समस्या भएकाले जोखिममा रहेका व्यक्तिहरूसँग कुरा गर्दा उनीहरुले आफ्नो भावना अरुले बुझिदिएको महसुश गर्छन् । कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सबै जिल्लामा मनोचिकित्सक राख्ने आवश्यक प्रक्रिया अगाडि बढाइने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए ।तीन तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरुको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिने उनको भनाई छ । त्यसको पहल गर्न आवश्यक प्रक्रिया प्रदेश सरकारले ल्याउँअगाडि बठाउने समेत उनको भनाई छ ।