मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

काठमाडौं – मनाङ हेलिकप्टर प्रालिले हवाई सञ्चालन अनुमति प्राप्त गरेको छ । फ्रान्समा निर्मित एयरबस हेलिकप्टरले बिहीबारबाट नेपाली आकाशमा उडान अनुमति पाएको हो ।

उक्त हेलिकप्टरले उद्धार, चार्टड, एयर फोटोग्राफी, कार्गो सिलिङ लगायतका सेवाहरु प्रदान गर्नेछ । मुस्ताङ हेलिकप्टरले नेपालमा यसअघि देखि नै उडान गर्दै आएको छ ।