गीतकार टेक तामाङको ‘नेपाल आमा’ गीत सार्वजनिक

काठमाडौं – वरिष्ठ गीतकार टेक तामाङले राष्ट्रिय गीत ‘नेपाल आमा’ ल्याएका छन् । संगीत तथा स्वर कन्काइस्ट राईको रहेको गीतमा छ ।


गीतको भिडियोमा कलाकार तथा पाइलट विजय लामा सहित एक दर्जन बढी कलाकारको अभिनय देख्न सकिन्छ । साहस शाक्यको संगीत संयोजन रहेको गीतमा करण चौरसियाको छायांकन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।

देश प्रति असिम प्रभाव र सीमाको रक्षाका लागि साहस र बलिदानको भाव गीतमा समेटिएको छ । गीतकार तामाङ नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत छन् ।