शिव परियारको नयाँ गीत ‘शुभकामना’

काठमाडौं – चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । कुशे औशीको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको गीतमा विकास घले गुरुङको शब्द रहेको छ । सन्तोष श्रेष्ठको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन गीत विकासले नै गरेका छन् ।

म्युजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ लगायतको अभिनय देख्न सकिन्छ । विशाल ढुंगानाले छायाँकन रहेको गीतले आमा, बाबु, गुरु वर्गको सम्मान गर्ने निर्देशक गीतकार विकासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *