लगातारको बर्षाका कारण चार सय घर डुवानमा, १ सय ५० जनाको उद्दार

काठमाडौं – गएरातिदेखिको अबिरल बर्षाका कारण काठमाडौं उपत्यकाका खोला किनारका बस्ती डुबानमा परेका छन । काठमाडौंको बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको हो ।

बाढीका कारण उपत्यकामा मात्रै चार सय घर डुबेका छन । डुबेका घरमा फसेका १ सय ५० भन्दा बढीको प्रहरीले उद्दार गरेको छ । जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ । धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू डुबानमा परेको छ ।