काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

काठमाडौं – काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।
गुहेश्वरी आसपासमा आएको बाढीले सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ ।

बिहान ८ बजेपछि भने सडकमा पानीको सतह घटेर सवारी साधन सञ्चालनमा आएका छन् ।

केही तस्बिर हेर्नुहोस्ः

satyapatrika.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *