भाद्र ४ गते सार्वजनिक विदा

सुर्खेत ।
यी भाद्र ४ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७७।२।१२ गतेको निर्णय अनुसार कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा ४ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेश स्थापना भएको आन्दोलनमा सुर्खेतका टिकाराम गौतम, याम बहादुर बिसी र गोपालसिं रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए ।