यो कुनै महामारी होईन यहाँ महा बनाईएको छ र मारीको रुप देखाईएको छ । अनि विकल्पमा लकडाउन गरि आम जनतालाई भय, त्रासमा राखी मनोसामाजिक रुपमा नै घर – घरमा बिरामी बनाईएको छ । अझै भनौ प्रहरी प्रशासन लगाएर जवरजस्ति लकडाउन भन्ने अस्त्रको प्रयोग भै रहेको छ । तपाईहरु बुझ्नुहोस्, दिनानु दिन एकपछि अर्को डरलाग्दा योजना कार्यान्वयनमा ल्याइएका छन् ।
डा. शंकर रिजाल
प्रमुख, प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश, सुर्खेत
सुरु सुरुमा मलाई नि लाग्थो यो हो के ? तर लकडाउन को १ महिना पछि म क्लियर छु , यसले केही गर्दैन भन्ने कुरो विश्वस्त छु । मान्छेको मृत्यु विश्वमा कोरोनाबाट देखाईयो तर केवल कोरोनाबाट मृत्यु र कोरोनासँग मृत्यु अनि अरु रोगको बारेमा जानकारी खै ? यो कुरो किन गरिन्न ? चोक चोकमा प्रहरी प्रशासन लगाएर कोरोना भन्दा बढी यो राज्यको प्रशासन अनि सयन्त्रबाट आम मानिस किन भयभित छन् ? आइसोलेशन नामको कारागार किन तयार भएका छ्न ? रोग त मान्छेलाई हिजो नि थियो आज नि छ अनि भोलि नि हुनेछ ।
विश्वमा एक दिनमा मात्र १ लाख ५० हजार भन्दा बढी मानिस कुनै न कुनै कारणले मर्ने गरेका छन् तर कोरोनाले मात्र कति जनाको मृत्यु भयो भन्ने कुरो यहाँ विश्वभर किन आउँदैन । त्यो कुनै विज्ञले पनि किन भन्न सकेका छैनन ? तर यहाँ कोरोनाको नाममा मान्छेका सबै कुरोलाई तिलान्जलि गरिदिने गरि गरिने लकडाउन विश्वभरको यो कस्तो उपचार हो ? कस्तो नीति हो ? यस्तो नि उपचार विधि हुन्छ ?
भयावह सृजना गरि जवरजस्ति बिरामी बनाई उपचारको नाममा अनेक जालझेल गर्ने कस्तो उपचार बिधि हो ? अनि नेपालमा यसको कार्यान्वयन किन गरिन्छ ? नेपालमा के भएको छ र ? जहाँ यो रोग प्रथम पटक चीनमा देखियो । त्यहाँ किन केहि देखिन्न जम्मा १ सय ४४ करोड जनसंख्या छ जम्मा ६/७ हजारको मृत्यु रे ।
अब विश्वमा संक्रमित मध्ये करिब १ करोड ५० लाख भन्दा बढी रोगरहित भए ९० –९५ प्रतिशतमा कुनै लक्षण नै छैन ! नेपालमा संक्रमित मध्ये करिव १७००० भन्दा बढी रोगरहित भैई सके ! कोरोनालाई जितेर घर गए भन्ने शब्द भन्दा पनि साधारण रुघाखोकी सरह अलक्षणिक रोगबाट रोगरहित हुनु भो भन्दा ठिक होला !
यसले के जनाउँछ भने यो कुनै महामारी रहेनछ । यहाँ महामारी भनेर महाआतंक सृजना किन भएको छ विश्वमा ? नेपालमा यो साधारण रुघाखोकी जतिको नि लक्षण देखिएको छैन । साधारण घरेलु जडिबुटीको उपचारबाट नै ठिक भएको छ । ९९ प्र्रतिशतले कुनै औषधि लिनु भएको छैन । छ त केवल घरेलु गुर्जो, बेसार मरिच, तातोपानी आदिको प्रयोगले रोगरहित भएको सबैले देख्नु नै भएको छ । यहाँ कुनै विज्ञता चाहिदैन यति कुरो बुझ्नलाई ।
अझै कुनै भेन्टिलेटर, आइसियू प्रयोग गर्नु परेको त्यस्ता अवस्था नि छैन । अब यस्तो अबस्थामा नेपालमा यो लकडाउन नामक अस्त्र किन पटक पटक अपानाईएको छ ? विज्ञहरु किन खुलेर भन्न सक्नुहुन्न ? प्रधानमन्त्री ज्युले कुनै समय बोलेको कुरो आज साबित भएर आयो । त्यो कुरो ठिक रहेछ ! यसलाई धेरै महत्व नदिउ । बेसार लगायत साधारण गरेलु जडिबुटीबाट नै ठिक हुन्छ भन्ने कुरो हाँस्यास्पद रुपमा हेरियो ।
आज समग्रमा हेर्दा कोरोनाभन्दा बढी मान्छे नेपालमा अरु कारणले मृत्यु भएको छ्न । त्यो कुरो किन संचार माध्यममा प्रमुखताका साथ आउदैनन ? यहाँ महाआतंक सृजना गरि लकडाउन किन गरिन्छ । अझै कर्णाली प्रदेश अनि सुर्खेतमा अब कि लकडाउनको बाटो अवलम्वन गरेको सुर्खेतको ४/६ जना प्रहरीलाई चोक चोकमा राखि कर्णालीमा के हुने हो ? बाँकी त गाउँ – गाउँमा कुरो केहि छैन गाउँमा नो मास्क, नो सेनिटाइजर र नो फियर ।
अतः लकडाउन कुनै समस्याको सामाधान होइन । यसको अन्त्य हुनुपर्छ । नेपालमा करिब छ महिना जति यो अस्त्र अपनाईयो तर के भो ? अनि विश्वमा विगत ८/९ महिना देखि जुन काम डब्लूएचओ नामको संस्था अनि बिल ग्रेटसको प्रपन्चमा रुमालिएको पाईयो ! लकडाउन नगर्ने देश नि छन् विश्वमा । अनि कुनै भयाभह स्थिति नभएका थुप्रै देश नि छन् ।
यो रोगको कुनै प्रकारले लकडाउन विकल्प होईन सारा विश्वको विनाश हो । नेपालले भारत झैँ नाका अनि अन्तर्राष्ट्रिय हवाइ योजना बन्द गरि देश भित्र सबै सहज निर्बाध रुपमा चलाउनुका साथै सहज रुपमा आम नागरिकको जीवन रक्षा गर्नुपर्छ ।
अत्यमा : लकडाउन मात्र विकल्प हुन सक्दैन । लकडाउनको समाधान खोजिनु पर्छ । राज्यले र आम नागरिकलाई आफू स्वस्थ भएको अनुभूति गर्ने वातावरणको सिर्जना हुनुपर्दछ । न की भयभित र त्रसित भएर बाच्ने अवस्थाको सिर्जना गरिनु हुँदैन । अनि कर्णाली प्रदेशमा अब यो नै अन्तिम लकडाउन होस् । यस तर्फ सबैको ध्यान जावोस ।
जय श्रीराम ।