काठमाडौं – अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पञ्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान ९एनआरएफ० ले दाबी गरेको छ।
पञ्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच विगत तीन दिनदेखि जारी भीषण युद्ध भइरहेको छ। ‘पञ्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन्। त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन्।
तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ति गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन्।