माछाले टोकेर दाङमा एक जनाको मृत्यु

दाङ –  दाङमा माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।
अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको हो ।

आज दिउँसो अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका १ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको हो ।

माछाले टोकेर बेहोस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो ।

शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।