चितवन – नारायणगढ – मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक सुचारु भएको छ ।
शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको छ ।
पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।