इन्स्टाग्राममा कुकुरले पायो  २ लाखभन्दा धेरै फलोअर्स

एजेन्सी – सामाजिक सञ्जालमा जनावरहरुको भिडियो र फोटो पनि निकै चर्चामा रहन्छ । संसारमा धेरै प्रजातिका जनावरहरू पाइन्छन् र यसमध्ये केही प्रजाति अचम्मका हुन्छन् ।
अहिले सामाजिक सञ्जालमा एउटा कुकुरको एकाउन्ट निकै भाइरल भइरहेको छ । यो कुकुर निकै अग्लो छ । यस कुकुरको हाई ५ फिट ७ ईन्च छ । त्यसैले कतिपय मानिसहरुले यसलाई जिराफजस्तो कुकुर भनिरहेका छन् ।

यो सेतो बोर्जोइ कुकरको नाम एरिस हो । सामाजिक सञ्जालमा उसका २ लाख ४० हजारभन्दा धेरै फलोअर्स छन् । यसको उचाई आम मानिसभन्दा पनि ठूलो छ । कुकुरको उचाई बढेपछि यसका मालिकले ढोकाको उचाई पनि बढाउनुपरेको थियो ।
एरिस बोर्जोइका मालिकले उसको फोटो तथा भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । यस भाइरल कुकुरको अफिसियल अर्थात् भेरिफाइड इन्स्टाग्राम छ