काठमाडौं – अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्।
अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव भएसम्म काठमाडौं आइपुग्ने र नभए अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्।
अफगानिस्तनाबाट हालसम्म ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन्। अव झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।
मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ।