यौनसम्बन्धि जोडिएका यी ८ रोचक तथ्य, जुन तपाईलाई थाहाँ नहुन सक्छ

मानव जातिमा यौन सदैव एक संवेदनाको रुपमा देखा पर्दछ । कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा अधिकांश खुसी आफ्नो यौन जीवनबाट नै प्राप्त गर्ने धारणा विभिन्न विज्ञहरुको रहेको छ । तर, जीवनको यति धेरै महत्वपुर्ण पाटो हुँदाहुँदै पनि मानव जीवनमा यौन एक रहस्यमय पाटोको रुपमा रहन्छ ।

‘आफ्नो पूरा जीवनकालमा समेत व्यक्तिले यौनलाई राम्ररी बुझ्न सक्दैन’ भन्ने एक भनाइ छ ।वास्तवमै खुसी, आनन्द, पिडा सबै मिश्रित भाव दिने यौन साँच्चै नै अद्भुतमय र रहस्यमय रहेको छ।  यौनको अनुभव व्यक्तिपिच्छे फरक–फरक हुने गर्दछ ।

  • चरम आनन्द र खुसीसँगै संसारलाई निरन्तरता दिने क्षमता भएको मानिस र डल्फिन मात्र त्यस्तो दुई प्राणी हो, जसले आफ्नो आनन्दको लागि सेक्सको साहारा लिने गर्दछ ।
  • संसारभरको यौन गतिविधिलाई नियाल्ने हो भने, १ दिनमा संसारभर १० करोड यौनका गतिविधिहरु हुन्छन् ।
  • पुरुषहरु औसत ७ सेकेन्डमा एकटक यौनको बारेमा सोच्ने गर्छन् ।
  • यौनक्रिडाको समयमा महिलाको तुलनामा पुरुषलाई धेरै पसिना आउँछ ।
  • यौनक्रिया काफि खर्चिलो पनि छ । सम्भोगको दौरानमा एक महिलाले पूर्ण रुपमा उत्तेजित भई ७० देखि १ सय २० क्यालोरी खर्च गर्छिन् भने एक पुरुषले सम्भोगको दौरानमा आफ्नो ७७ देखि १ सय ५५ सम्म क्यालोरी खर्चिन्छन् ।
  • चुम्बनमा पनि क्यालोरी खर्च गराउने क्षमता हुन्छ । १ मिनेटसम्म गरिएको चुम्बनले २६ सम्म क्यालोरी बर्न गर्ने क्षमता राख्दछ ।
  • सम्भोगको दौरानमा हुने एन्डोमार्फिन श्रावमा पिडा कम गराउने क्षमता हुने भएकाले महिलाको निम्ति सम्भोग एक दुखाई कम गर्ने माध्यम पनि हो ।
  • केहि मनोवैज्ञानिकका अनुसार पश्चिमी मुलमा खुट्टालाई यौन आर्कषणको मुख्य पाटो मानिन्छ । -एजेन्सी