सर्लाही- काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा सोमबार गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ओलीको नाम लिएर कटाक्ष गरेका हुन्।
उनले आफूले पुनस्स्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गरे।
मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौ, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको होु, उनले भने, ुमैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान्।
उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताए।
ुअब एक नम्बर प्रदेशको पनि सरकार ढल्दैछ केही दिनमाु, उनले भने, ओलीले आगोसँग खेलेर गरेको गल्तीको परिणाम आउँदैछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा क्रममा प्रचण्डले गत साउन ३ गते माओवादी आगो भएको उल्लेख गर्दै त्यससँग नखेल्न ओलीलाई चेतावनी दिएका थिए। दाहालले सम्बोधनका क्रममा देउवा नेतृत्वको सरकार अब विस्तार हुने पनि दाबी गरेका छन्।
भर्खर सरकार विस्तारको कुरा भएको छ। भोलि पनि बसेर हामी ठोस कुरा गर्दैछौँ, उनले भने, अबको सरकारले मधेसको पनि विकास हुने गतिमा काम गर्नेछ।ु