पहिरो जाँदा बुटवलमा एक दर्जन घर जोखिममा

बुटवल – बुटवल उपमहानगरपालिका – ३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् ।

चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामीले त्यहाँ रहेका मानिसहरु अन्यत्र सारेका छौँ ।’

पहिरोले बुटवलको गोल पार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको थियो । यस्तै, त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।

प्रत्येक बर्षातको बेलामा यहाँका स्थानीयहरुमा पहिरो त्रास हुने गर्दछ । बस्ती माथिको पहाड सानो–सानो गरी खस्दा घरहरुमा प्रत्येक बर्ष क्षति हुने गरेको छ ।

केहि फोटो फिचर