यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं – केही दिनदेखि सक्रिय रहेको मनसुन अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आगामी तीन दिनसम्म मौसम बदली रही देशभर वर्षा हुने सम्भावना रहेको छ।

आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ राति देशका अधिकांश स्थानमा पानी पर्ने जनाइएको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।री वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशको अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। राति पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार पनि पानी पर्ने सम्भावना रहेको छ। दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।