सुर्खेत– दैलेख महाबु गाउँपालिका १ कि ८७ वर्षिय एक हजुरआमा विरामी भएपछि उच्च रक्तचाप हो कि भन्ने शंकाले उनकी बुहारीले अस्पतालमा लगिन् । अस्पताल लगेपछि उनलाई कोरोना पोजेटिभ देखियो । त्यसपछि भने उनकी बुहारीलाई चिन्ता लाग्यो ।
यो उमेरकी सासुआमालाई यस्तो रोग लागेकोले सेवा नै गर्न नपाइने हो कि भन्ने लागेको उनकी बुहारीले बताइन् ।
तर पछिल्लो पटक गरिएको परीक्षणमा सासुआमाको रिपोर्ट नेगेटिभ आएपछि उहाँको खुसीको सिमा नै रहेन । ‘तातोपानी, अदुवा, टिमुर तथा बेसार पानी पनि खुवाएँ’ उनकी बुहारीले भन्न् ।
‘कोरोना लागेमा मरिन्छ भन्ने सुनेकाले अब यसैका कारण मरिन्छ कि भन्ने डर थियो तर धेरै बाँचेका छन् तपाईंलाई केही हुँदैन भन्दै डाक्टरहरुले र बुहारीले पनि हौसला दिए ।मैले पनि आत्मबल बढाए र बाँचे’ ८७ वर्षिया हजुरआमाले खुसी हुँदै भनिन् ।
‘म बुढि त बाँचे तपाईंहरु त सञ्चो हुनुहुन्छ, चिन्ता नगर्नुहोस् मेरो आर्सिरवाद छ’ भन्दै उनि अस्पतालबाट बाहिरिन् । ‘रोग लाग्न नदिनु राम्रो हो तर रोग लाग्दैमा मरिहालिन्छ भन्नु हुँदैन’ हजुरआमाको भनाई थियो ।
उहाँ अस्पताल आउँदा अन्य रोगको पनि समस्या थियो तर फर्किदा पूर्ण निको हुनुभएको प्रदेश अस्पताल सुर्खेतका डा. लोकराज कँडेलले बताए। ‘सुरुमा हामी समेत डराएका थियौ ।
उमेर पनि निकै भएको र अन्य रोग समेत भएकाले हामीलाई पनि चुनौति थियो तर डा. प्रदीप न्यौपानेको निगरानीमा उपचार गरियो र उहाँ निको हुनुभयो हामी पनि असाध्यै खुसी छौ’ डा. कँडेलले भने।