युरोपियन च्याम्पियन्स लिग फुटबलको सिजन २०२१–२०२२ को समूह चरणको ड्र सार्वजनिक भएको छ। टर्कीको स्तानबुलमा युईएफएले बिहीबार राति नयाँ सिजनको ड्र सार्वजनिक गरेको हो।
जस अनुसार ठूला टोलिको भिडन्त समूह चरणमै हुने भएको छ।
समूह एमा पीएसजी र म्यानचेस्टर सिटी, बी मा एथ्लेटिको मड्रिड र लिभरपुल समूह चरणमै भिड्न भएका छन्। समूह ईमा बार्सिलोना र बायर्न म्युनिख, समूह एचमा साविक विजेता चेल्सी र युभेन्ट्स तथा समूह डी मा रहेका रियल मड्रिड र इन्टरमिलानको भिडन्त पनि समूहचरणमै हुने भएको छ।
समूह विभाजन
समूह ‘ए’ – म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग र क्लब ब्रुग
समूह ‘बी’ – एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान
समूह ‘सी’ – स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स र बेसिक्टास
समूह ‘डी’ – इन्टर मिलान, रियल म्याड्रिड, साख्तर डोनेस्क र सेरिफ
समूह ‘ई’ – बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका र डिनामो किएभ
समूह ‘एफ’ – भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा र योङ ब्वाइज
समूह ‘जी’ – लिल, सेभिया, साल्जबर्ग र वल्फ्सवर्ग
समूह ‘एच’ – चेल्सी, युभेन्टस, जेनिथ सेन्ट पिटर्सवर्ग र माल्मो