पर्सा र बारामा थप ७ प्रहरीसहित ६६ जनामा संक्रमण पुष्टि

 जनकपुर—पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार राति गरिएको परीक्षणमा ७ प्रहरीसहित थप ६६ जनामा कोरोना पुष्टि भएको अस्पतालका डा. निरजकुमार सिंहले बताए ।

डा. सिंहकाअनुसार संक्रमण पुष्टि हुनेमा पर्साको बहदुरबामाई नगरपालिकाका २५ जना, वीरगञ्ज महानगरका ८ जना, छपकैयाका ५ जना रहेका छन् । संक्रमितमध्ये ९ जना बाराका रहेका छन् । सखुवा प्रसौनी गाउँपालिकाका ४ जना, पिलुवाका ३ जना, सिम्रौनगढ र कलैयाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जनामा समेत संक्रमण पुष्टि भएको डा. सिंहले बताए ।