काठमाडौं – तालिबानका लडाकूले अफगानिस्तानको एक समाचार च्यानलका पत्रकारमाथि कुटपिट गरेका छन् ।
अफगान समाचार च्यानल ‘टोलो न्यूज’ का क्यामराम्यान र रिपोर्टरमाथि कुटपिट गरेको च्यानलले बताएको छ । यी दुई पत्रकार काबुलमा बढ्दो बेरोजगारीको मुद्दामाथि एउटा खबर बनाइरहेका थिए ।
टोलो न्यूजका अनुसार यी दुई पत्रकार जैर याद र बीस मजिदी अफगानिस्तानको राजधानी काबुलको शहर–ए–इलाकेमा बेरोजगार जनता र मजदुरको भिडियो बनाइरहेका थिए । यति नै बेला तालिबानले अस्पष्ट कारणले उनीहरुमाथि कुटपिट गरेको च्यानलले बताएको छ ।
जैर याद भन्छन्, ‘हामीले हाम्रो रिपोर्टर्स ब्याज ९आइडी कार्ड० देखायौं तर उनीहरुले हामीलाई आएर थप्पड हाने र आफ्नो बन्दुकले हामीमाथि कुटपिट गरे । उनीहरुले हाम्रो मोबाइल र काम गर्ने हतियार खोसे ।’
टोलो न्यूजले भन्यो, ‘अफगानिस्तानमा तालिबानको कब्जापछि थुप्रै पत्रकारमाथि कुटपिट भइसकेको छ ।’
यद्यपि, तालिबानी संस्कृति आयोगका उपाध्यक्ष अहमदुल्लाह वासिकले यस्ता सबै घटनाबारे अनुसन्धान गर्ने आश्वासन दिएको छ ।
टोलो न्यूजलाई उनीहरुले याद र मजिदीमाथि भएको घटनालाई गम्भीरताले लिएको र यसबारे अनुसन्धान गरिने आश्वासन दिए ।
यसका साथै उनीहरुले भने, ‘यो मात्रै घटना होइन, हामी पत्रकारको काममा बाधा पार्ने हरेक घटनाको अनुसन्धान गरेर त्यसको समाधान गर्नेछौं ।’