जावा मोटरसाइकलको डिलर सुर्खेतमा, सबै मोडल एकै स्थानमा उपलब्ध

सुर्खेत – अग्नि मोटोइङ्कले सुर्खेतको वीरेन्द्र नगरपालिका–३ स्थित जुम्ला रोडमा आफ्नो नयाँ डिलर एम.पी. मोटो हव नियुक्त गरी जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसके पछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै शोरूम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

अग्नि मोटोइङ्कका महाप्रबन्धक शरद मिश्रले भदौ ९ गते बुधबार शोरूमको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा उन जावा मोटरसाइकल शहर र राजमार्गहरुका लागि निकै सहज भएको बताए । उनले विभिन्न मोडलहरूका जावा मोटरसाइकल भएको पनि बताए ।

एम.पी. मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा खुशी लागेको बताए । सुर्खेत र यस क्षेत्र वरपरका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि क्लासिक मोटरसाइकलहरू उपलब्ध भएको र जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड भएको पनि बताए ।

कम्पनीका अनुसार जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् ।