डब्ल्युएचओका प्रमुख वैज्ञानिक डाक्टरले भने – भारतमा कोरोनाको प्रभाव कम भइसक्यो

काठमाडौं – विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० का प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले भारतमा कोभिड १९ फैलने दर पहिलेको तुलनामा बिस्तारै कम या सुस्त भइसकेको बताएका छन्।

उनले अब कोभिड १९ इन्डेमिक चरणमा रहेको बताए, जसको अर्थ कुनै महामारीको असर कम मानिस वा कुनै खास इलाकासम्म सिमित हुन्छ भन्ने हो । यस्तो अवस्था आएपछि भाइरस पनि कमजोर हुन्छ र मानिसहरुले यस रोगसँग बाँच्न सिक्छन् । भारतमा दोस्रो लहरपछि कोरोना संक्रमण निकै तेजसँग कम भएको छ ।

सेप्टेम्बरसम्म कोभ्याक्सिनलाई अनुमति दिने आशा

भारतमा बनेको कोरोना खोप कोभ्याक्सिनले डब्ल्युएचओबाट अहिलेसम्म मान्यता पाएको छैन । यसबारे सौम्याले भने, ‘मलाई भरोसा छ कि डब्ल्युएचओको प्राविधिक टिमले यसलाई सेप्टेम्बरको मध्यसम्म स्विकृति प्राप्त खोपको दर्जा दिनेछ ।’

एक अन्तर्वाताका दौरान उनले भनेका थिए,‘भारतको आकार, जनसंख्या र इम्युनिटी स्ट्याटस हेर्दा संक्रमणका घटना कम–ज्यादा नै भइरहन्छ भन्न सकिन्छ ।’ सौम्यले २०२२ को अन्त्यसम्म ७० प्रतिशत जनसंख्याले खोप लगाइसक्ने आशा व्यक्त गरे ।