काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ। गएराति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर वेस्ट ह्याम युनाईटेडसँग ४(१ गोल अन्तरले पराजित भएको हो।
वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे। यस्तै पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे। लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए।
वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो। जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ। लेस्टरको यो पहिलो हार हो। लेस्टरले २ खेलमा ३ अंक जोडेको छ।