मुगुमा एक युवतिमा भेटियो कोरोना पोजेटिभ 

मुगु – हिमाली जिल्ला मुगुमा एक युवतिमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं ८ आम कि २६ वर्षीय युवतिमा कोरोना पोजेटिभ देखिएको रातापानि प्राथमिक स्वास्थ्य केन्द्र मुगुले जनाएको छ ।
कार्यालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ४१ जना पिसिआर परिक्षण गर्न पठाएकोमा उनमा कोरोना पोजेटिभ देखिएको रातापानि प्राथमिक स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख किशोर खड्काले जानकारी दिए ।
उनका अनुसार कोरोना पोजेटिभ देखिएकी युवति लाई रातापानिमा रहेको आईसालेसन केन्द्रमा राखिएको छ । उनको अवस्था भने सामान्य रहेको खड्काले जानकारी दिए । ४१ जनामा पिसिआर परिक्षण गर्दा ४० जनमा कोरोना नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।