अभिनेत्री करिश्माले ल्याइन् मौलिक तीज गीत


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।

अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक नजिकिदै गरेको तीजको अवसर पारेर तीज गीत ल्याएकी हुन् । मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ।

गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।

के।बि फिलम्स् प्रस्तुतिमा बनेको गीतको भिडियोमा मौलिकता झल्कने गरेर निर्माण भएको छ । जसको निर्देशक गोविन्द राईले गरेका हुन् । भिडियो अभिनेत्री मानन्धरले आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक युट्युबमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *