काबुल विमानस्थलमा गोली चल्यो, ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा गोली चलेको छ। वाल स्ट्रिट जर्नललाई उधृत गर्दै बीबीसीले जनाए अनुसार गोली कसले चलाएको भन्ने खुलेको छैन।

तालिबानी लडाकुले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोड्नका लागि विमानस्थलमा मानिसहरुको भीड लागेको छ। धेरै भीडले विमानस्थल अस्तब्यस्त भएपछि अमेरिकी सेनाले पटक(पटक हवाई फायर गरिरहेको थियो ।

विमानस्थलबाट आफ्ना नागरिक उद्धार गर्नका लागि अमेरिकाले विमानस्थल नियन्त्रणमा राखेको छ। अमेरिकालगायतका देशले अफगानिस्तानबाट आफ्ना नागरिक धमाधम फर्काइरहेका छन्। तालिबानले पनि स्वदेश फर्कन चाहनेलाई कुनै अवरोध नगर्ने बताइसकेको छ।