सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ रु कस्ता दिन आए।
कुलमानको नियुक्ति प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको सहमति र ऊर्जामन्त्रीको सहयोगमा भएको भन्ने खालको समाचार आएपछि त्यसपछि जसपा नेता भट्टराईले असन्तोष प्रकट गरेका हुन् । तथापि कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने सरकारको निर्णय स्वागतयोग्य नै भएको उनको आशय छ ।
#ratopati